Saturday, July 13, 2024

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

सिन्धुली – नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल को प्रमुख आतिथ्यतामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिन्धुलीको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकको सेवा गुणस्तर बनाउने र सेवा प्रबाहमा सधै अगाडि बढ्दै लैजाने बताउनुभयो । सरकारी कार्यालय बाट हुने सेवा छिटो र छरितो ढङ्गले नागरिकलाई सेवा दिई रहेको र दिई रहने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो । स्थानीय तह अनुसार मानव अधिकार उलंघनका घटनाको तथ्यांक २०७९ पुस देखि २०८० जेठ सम्म हेर्दा सिन्धुलीमा ५३ जना विभिन्न घटनाबाट पीडित भएको देखिन्छन् ।

कमलामाई नगरपालिकामा बालिका बलात्कार घटना ४ जना ,यातना तथा कुटपिट १ जना,शारीरिक हिंसा महिला १० जना र मानसिक हिंसा १७ जना महिला रहेको छन् । यस्तै, दुधौली नगरपालिकामा बालिका बलात्कार २ जना,महिला बलात्कार १ जना,बालयौन दुव्र्यवहार १ जना,बहुविवाह २ जना र शारीरिक हिंसा २ जना रहेको छन् ।


तिनपाटन गाउँपालिकामा बालिका बलात्कार २ जना,शारीरिक हिंसा १ जना र मानसिक हिंसा १ जना रहेको छन् । गोलन्जोर गाउँपालिकामा बालिका बलात्कार १ जना र मानसिक हिंसा २ जना रहेको तथ्यांकमा देखाएको छ ।

सुनकोसी गाउँपालिकामा बालिका बलात्कार १ जना, हरिहरपुरगढिमा बालिका बलात्कार १ जना मात्रै रहेको छन् मरिण गाउँपालिकामा बालिका बलात्कार २ जना,महिला बलात्कार १ जना र बाल बिबाह १ जना रहेको छन् ।त्यस्तै फिक्कल गाउँपालिका र घ्याङलेख गाउँपालिकामा पुस देखि अहिले सम्म कुनै पनि घटना नभएको तथ्यांकमा देखाएको छ।

spot_img

Hot Topics

Related Articles