Saturday, December 14, 2024

जिल्ला विपद व्यवस्थापन कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली – जिल्ला विपद व्यवस्थापन कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन एन,२०७४ को दफा १६ बमोजिम जिल्ला विपद व्यवस्थापन कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।


विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै आन्तरिक मामिला तथा कानुनमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि गंगानारायण श्रेष्ठले प्रदेश सरकारको तर्फबाट काभ्रे,नुवाकोट र मकवानपुरमा उद्धारकर्मीलाई उद्धार कार्यमा प्रयोग गर्ने सामग्री उपलब्ध भैइरहेको बताउनुभयो ।

साथै, उहाँले हरेक बर्ष विपदबाट १ हजार भन्दा धेरैको ज्यान गएको बताउनुभयो । जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रमुख सुनिता नेपालले विपदको समयमा नागरिकलाई अनावश्यक भय र त्रास फैलन सक्ने किसिमका सूचना प्रवाह नर्गन समेत बताउनुभयो । उहाँले विपद सम्बन्धि केही घटना भए सम्बन्धित ब्यक्तीलाई सम्पर्क गर्न समेत सुझाब दिनु भयो।


रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले विपदबाट के कसरी बच्ने भन्ने बारेमा जानकारी दिनुभएको थियो । नेपालमा अहिले १४ वटा प्रकोप आइरहेको र सो प्रकोपबाट कसरी बच्ने भन्ने बारेमा जानकारी हुनु पर्ने उहाँले बताउनुभयो ।

नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यलय सिन्धुलीको आयोजनामा भएको कार्यक्रम जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रमुख सुनिता नेपालको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

spot_img

Hot Topics

Related Articles