Monday, March 24, 2025

घ्याङलेख गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०र०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०र०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँसभाको १३ औं तथा अबिधेशनमा गाउँपालिकाका उपाध्यक्ष शंकर मान घालनले आर्थिक बर्ष ०८०र०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो ।

उपाध्यक्ष घालनले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको उपाध्यक्ष घालनले जानकारी दिनुभयो ।


यस्तै गाउँपालिकाले सभामा घ्याङलेख गाउँपालिकाले करिब ४६ करोड बजेट प्रस्तुत गरेको छ । घ्याङलेख गाउँपालिकाको उपाध्यक्ष शंकर मान घालनले आगामी आर्थिक बर्ष ०८०र०८१ को लागि ४६ करोड ५७ लाख ७५ हजार ६ सय ५८ रुपौयाको बजेट प्रस्तुत गर्नुभएको हो ।


जसमा पूँजीगत तर्फ २९ करोड १९ लाख २५ हजार ६ सय ५८ रुपियाँ र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको उपाध्यक्ष घलानले बताउनु भयो ।

spot_img

Hot Topics

Related Articles