Saturday, July 13, 2024

घ्याङलेखमा न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रबाट निरुपण गर्न सकिने विवादको बारेमा कार्यक्रम

सिन्धुली – घ्याङलेख गाउँपालिकामा न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रबाट निरुपण गर्न सकिने विवादको बारेमा वडा स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

हिजो विहिबार वडा नम्बर ३ तामाजोर र आज शुक्रबार वडा नम्बर ५ शान्तेश्वरीमा कार्यक्रम सम्पन्न भएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानले पालिका आवाजलाई जानकारी दिनुभयो ।

दुई दिने अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण पालिकाका भरत जंग थापा र न्यायिक समितिका प्रकाश खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलान, वडाका अध्यक्षहरु , समाजसेवि लगाएतको उपस्थिती रहेको थियो ।

spot_img

Hot Topics

Related Articles