Saturday, July 13, 2024

गोलन्जोर गाउँपालिकाले पोषिलो खाना सहितको झोला वितरण गर्ने

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पोषिलो खाना सहितको झोला वितरण गर्ने भएको छ । पालिकाले सुनौलो हजार दिन भित्रका गर्भवती महिला तथा बाल बालीकालाई गाउँपालिकाको आर्थिक बर्ष २०७९ – ८० को बार्षिक बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत पोषिलो खाना सहित झोला वितरण गर्न लागेको हो ।

सो सामाग्रीहरु भोलि बुधबार बिहान ११ बजे देखि २ बजेसम्म पालिकाका सबै वडामा वितरण गरिने गाउँपालिकाले जनाएको छ । यस्तै, खोप कार्ड र जन्मदर्ता लिई तोकिएको समयमा उपस्थित हुन गाउँपालिकाले सवै गर्भवती महिला तथा बालबालिकालाई सुचना जारी गर्दै अनुरोध पनि गरेको छ ।

spot_img

Hot Topics

Related Articles