Friday, April 25, 2025

गोलन्जोरमा सातै वटा वडाका गर्भवती महिला तथा बालबालिकालाई पोषिलो खाना सहितको झोला वितरण

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सुनौलो हजार दिन भित्रका गर्भवती महिला तथा बालबालिकालाई पोषिलो खाना सहितको झोला वितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९ -८० को बार्षिक बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत उक्त झोला वितरण गरेको हो ।

गाउँपालिकाले हिजो पालिकाको सातै वटा वडाका ७ सय १५ जना गर्भवती महिला तथा बालबालिकालाई पोषिलो खाना सहितको झोला वितरण गरेको छ । सुनौला हजार दिनका आमा र बच्चालाई कुपोषण बाट जोगाउने उदेश्यका साथ खिर, खिचडी र पोसिलो जाउँलो लगायतका खाना सहितको झोला वितरण गरिएको सहजकर्ता जुनु के।सीले जानकारी दिनु भयो ।

सामाग्री पाएपछी गर्भवती महिला तथा बालबालिकाहरु खुसी भएका छन् । यसअघि पनि गाउँपालिकाले सुनौलौ हजार दिन भित्रका गर्भवती महिला, बालबालिका र कुपोषित बालबालिकहरुलाई चल्ला, दाना तथा कृषि सामाग्रीहरु वितरण गरेको थियो ।

spot_img

Hot Topics

Related Articles