Friday, January 16, 2026

कमलामाई नगरपालिका वडा नम्बर ११ मा आर्थिक बर्ष २०८०- ८१ मा सन्चालन हुने योजना छनोट तथा वडा भेला सम्पन्न

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ मा आर्थिक बर्ष २०८०- ८१ मा सन्चालन हुने योजना छनोट तथा वडा भेला आज सम्पन्न भएको छ ।

वडा नम्बर ११ ले पूर्वधारको विकास सँगै सम्बन्धीत टोल बस्तीको छनौट गरि कृषि क्षेत्रमा जोड दिने बडा नम्बर ११ का अध्यक्ष राम बहादुर थिङले बताउनु भयो ।

साथै, उहाँले कृषि सम्बन्धी विभिन्न विउ र औषधिहरु वडा बाटै उपलब्ध गराउने र पशु सम्बन्धी सामान्य औषधि वडाबाटै उपलब्ध गराउने गरि बजेड विनियोजन गर्ने बताउनु भयो ।

वडा नम्बर ११ को वडा कार्यालयको आयोजनामा भएको कार्यक्रम वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर थिङको अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य उमा विश्वकर्मा ,वडा सदस्यहरु अजय दोङ तामाङ, रुद्र राना मगर र लाल कुमारी पाण्डेको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles