सिन्धुली – शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार सम्पन भएको हो ।
सिन्धुलीका विद्याथीहरुलाई लक्ष्ति गरि सुरु भएको कार्यक्रम विद्यार्थीहरुको कुटनितिक क्षमताको विकास बक्तृत्वकला तथा बहसमा अगाडि बढाउन, देशको संसद कसरी चल्छ भन्नेबारे जानकारी गराउन र देशमा भईरहेको विभिन्न घटना बारे समेत जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
सिन्धुलीमा पहिलो पटक कार्यक्रम आयोजना गरिएपनि ओप्सले काठमाडौँको विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सन्चालन गर्दै आएको वेभ्स इन नौकाको संस्थापक पासाङ स्याङतान जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई संसद भवन जस्तै सभामुख, उपसभामुख, सासंदहरु तोकेर विभिन्न दलका सांसद बनाई प्रयोगात्मक रुपमा बादविवाद गराईएको थियो ।
बागमति प्रदेशका पुर्व स्वास्थ्य मन्त्री प्रदिपक कटुवालको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा सिन्धुलीका करिब एक दर्जन बढि विद्यालयका ५० जना विद्यार्थीको सहभागिता रहेको संस्थाका उपाध्यक्ष पृथ्वी राज बहादुर सापकोटा (अरुन) ले जानकारी दिनुभयो ।