Saturday, February 15, 2025

रुकुम पश्चिम जीप दुर्घटना : गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइयो

काठमाण्डौ – रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १५ जना रहेको र तीमध्ये ८ जना गम्भीर घाइते भएका हुन् । 

गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था अचेत रहेको रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

सानीभेरीका कर्णबहादुर बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर, प्रेम बाठामगर, बाँफिकोट–८ का रेखा खत्री र उहाँका छोरा रोशनको अवस्था गम्भीर रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

तीमध्ये चार जना प्रसिद्ध, अनिता, ललित र प्रेमलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रिफर गरिएको छ । अरु घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका–८ दुलीको मोतिखोलामा दुर्घटना भएको हो । 

spot_img

Hot Topics

Related Articles