सिन्धुली – नेपाल मगर संघ सिन्धुलीको आठौँ जिल्ला अधिवेशन आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष तेज तारमी मगरले नेपाल मगर संघ कुनै राजनितिक संगठन नभएको र यो विशुद्ध मगरहरुको भाषा र संस्कृती सहितको जातिय संगठन भएको बताउनु भयो ।
बागतमती प्रदेशको सिन्धुली जिल्ला लगाएत केहि जिल्लाहरुमा राजनितिक दाउपेजका कारण मगर संघका विरुद्ध केहि झुन्डहरु लागि रहेको पनि उपाध्यक्ष तेज तारमी मगरले आरोप लगाउनु भयो । साथै, यस्तो गतिविधिले मगर समुदाय माथि दुब्र्यवहार भएको समेत गुनासो गर्नुभयो ।
नेपाल मगर संघ समन्वय समिति सिन्धुलीका जेष्ठ सदस्य जगत बहादुर रखाल मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष तेज तारमी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झलक थापा मगर, केन्द्रीय सदस्य सन्चार तथा प्रकाशन ब्यवस्थापक कैलाश क्याप्छाकी, केन्द्रीय सदस्य तथा कानुनी सल्लाहकार राजकुमार राना लगाएतको उपस्थीती रहेको थियो ।
आज सम्पन्न नेपाल मगर संघ सिन्धुलीको आठौँ अधिवेशनले चुल वहादुर पुलामी (सराेज)को अध्यक्षतामा चौध सदस्यीय समित समेत चयन गरेको छ । हिरा बहादुर राना मगर सचिब, बेलीमाया गिनेल मगर कोषाध्यक्ष, सदस्यहरुमा शोभा थापा मगर , बाल कृष्ण आले मगर , ठुलीमा अस्थानी मगर, दिल बहादुर गुर्मछान, झगर सिंह आले मगर, विष्णु राना मगर, ललित रजन मगर, रविन पुलामी मगर, रमेश दर्लामी मगर, राम बहादुर रमौली मगर र सुबास खापाङगी मगर रहेका छन् ।