खोटाङ – हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको छाना उडाएको हो ।
आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन र कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
छाना उडाएपछि आईसीटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । केही दिनभित्रै विद्यालयको भवनको छाना हालिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।