Friday, April 25, 2025

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ। 

पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। 

उनीविरूद्ध आइतबार ठाडो निवेदन परेको हो।

‘साथीभाइबीच कै कुरा हो जस्तो छ। पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी परेको छ,’ भट्टले भने, ‘उनलाई फोन गरी बोलाएका छौं।’

दुबै पक्षलाई मंगलबार महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ।  
 

spot_img

Hot Topics

Related Articles