सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले आज सडक छेउमा रोकेर राखेको ट्याक्टरको चावि खोसेका छन् ।
तिनपाटन ११ चकमकेबाट बलुवा लिएर लाम्पन्टार आँपटार जाँदै गरेको प्रदेश २-०३-००१ त ३९५१ नम्बरको ट्याक्टर लाम्पन्टार स्थीत हस्पीटल नजिकै सडकको छेउमा सिमेन्ट लोड गर्न रोकेर राखेको समयमा चावि खोसेर लगेको चालक विजय विकले बताएका छन् ।
जनताको समस्यामा मलम लगाउनु पर्ने जनप्रतिनिधिले यसरी विना कारण दादागिरी शैलीमा चावि खोसेर लगेको ब्यवहार प्रति ट्याक्टर धनी सन्तोष श्रेष्ठले गुनासो ब्यक्त गरेका छन् ।
गाउँपालिका अध्यक्ष थापाको यो ब्यवहारले आफ्नो दिनभरको ब्यवसायमा बाधा पुगेको ट्याक्टर धनी श्रेष्ठले दुख ब्यक्त गरे ।
यस विषयमा पालिका आवाज डटकम संग कुरा गर्दै तिनपाटन गाउँपालिकाका अध्यक्ष थापाले सो ट्याक्टर विच बाटोमा रोकेर राखेकाले आफुले चावि लिएर प्रहरीकोमा बुझाएको बताएका छन् । साथै अध्यक्ष थापाले आफुले प्रहरीलाई उक्त ट्याक्टरका चालक विकलाई ट्राफिक नियम जानकारी गराएर मात्र चावि दिन आग्रह गरेको बताउनु भयो ।
यता स्थानियले भने गाउँपालिकाका अध्यक्ष थापाको भनाईमा सत्यता नभएको आरोप लगाएका छन् । ट्याक्टर सडकको छेउमा अरु सवारी साधन गुड्न अबरोध नहुने गरि रोकेर राखेको स्थानियले बताएका छन् । आफुहरुले गाउँपालिका अध्यक्ष थापा सवार गाडि सजिलै रोकेर राखेको ट्याक्टरबाट कुनै अबरोध विना अगाडि बढेको स्थानियले बताएका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापाले चिक्त बुझ्दो जवाफ नदिए ट्याक्टरको चावि लिन नजाने र ट्याक्टर जस्ताको तस्तै राखिदिने ट्यााक्टर धनी सन्तोष श्रेष्ठले बताएका छन् ।