Saturday, July 13, 2024

रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा सिन्धुलीका ६ वटा विद्यालयमा छात्र बृति वितरण

सिन्धुली- रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा सिन्धुलीका ६ वटा विद्यालयमा छात्र बृति वितरण गरेको छ ।

विगत लामो समय देखि रोटरी स्कोलरसिप कार्यक्रम अन्र्तगत वितरण गरिदै आएको छात्रबृति रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा वितरण गरिएको हो ।

सिन्धुलीमा रहेको श्री कमला मावि ढुङग्रेबास, जनचाहाना प्रावि वल्व रामपुर, श्री काालिका मावि पल्लो रामपुर, सिद्ध प्रावि रातमाटा, श्री कालिका प्रावि पोख्रेल गाउँ, र जन चाहाना प्रावि सिन्धुलीमा अध्यनरत करिब पाँच हजार बढि विद्यार्थीहरुलाई सोयटर, जुक्ता, मोजा, स्टेशनरीका सामान र खेलकुदका समानहरु वितरण गरिएको रोटर याक्ट क्लब अफ सिन्धुलीगढिका अध्यक्ष सुदर्शन शाहिले जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरी अष्ट्रेलीयनबाट आउनुभएका २० जनाको समुह, रोटरी क्लब अफ काठमाण्डौका अध्यक्ष अच्युत बाबु ओझा, पूर्व अध्यक्ष सुरेश मान सिं, सचिब राजेन्द्र गौतम र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles