सिन्धुली- हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को क्यान खोलमा पक्कि पुल निर्माण हुने भएको छ । हरिहरपुरगढीको क्यानेश्वर र सर्लाहीको हरिवन जोड्ने क्यान खोलमा पक्कि पुल मंगलबार शिल्यान्यास भएको हो । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले पक्कि पुलको एक औपचारिक कार्यक्रमका वीच शिल्यान्यस गर्नु भएको थियो । संघीय सरकारको करिब ८ करोडको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई ८५ मिटर रहेको छ । पुल निर्माणको जिम्मा रसुवा इलाइट जेभिले पाएको छ । आगामी २०८० असार मसान्त सम्ममा निर्माण सम्पन्न गरिने गरि सम्झौता भएको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।
पुलको शिल्यान्यास गर्दै प्रतिनिधिसभा सदस्य दाहलले हरिहरपुरगढीको जनतालाई सलार्ही तथा अनेत्र जानतालाई अति आवश्यक परेकोले यसलाई गणस्तरी र समयमा नै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । गलत स्थानमा डिपिआर भएको कारण डिपिआर परिवर्तन गर्न केहि समय ढिलाई भएको यस पुल निर्माणको लागि निर्माण कम्पनीलाई अब बाँकी ५ महिनामा निर्माण सम्पन्न गर्नु चुनौती छ ।