Saturday, July 13, 2024

वर्षा र हिमपात नहुँदा खेतबारीमै सुक्यो हिउँदे बाली : पशुलाई चरनको समेत अभाव

काठमाण्डाै – यसवर्ष वर्षा र हिमपात नहुँदा हिउँदे बालीमा क्षति पुगेको छ । बाली खेतबारीमा नै सुक्न थालेको छ । उत्पादन घट्ने जोखिम बढेको छ । पश्चिमी क्षेत्रमा केही वर्षा भए पनि धेरै ठाउँमा यसपालि हिउँदे वर्षा हुन सकेको छैन । बाली लगाएदेखि नै पानी नपर्दा  गहुँ, जौ, केराउ, मुसुरो, आलु, फलफूललगायतको उत्पादनमा असर पर्ने देखिएको छ ।

गहुँ, जौको बोट सुक्न थालेको म्याग्दीको बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले गुनासो गर्नुभयो । हिउँदे बालीलाई सिँचाइ अभाव भएको छ । आकाशे पानीको भरमा खेती गरेका किसान थप मर्कामा परेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा हिउँदेबाली सुक्ने र उत्पादन घट्ने सम्भावना रहेको कृषि विज्ञले बताएका छन् ।

यस्तै, लामो समयदेखि पानी नपर्दा पशुलाई चरनको पनि अभाव भएको छ । हिमपात र वर्षा नहुँदा लेक तथा खर्कमा घाँस उम्रेको छैन । वन, खर्क र खोलामा आश्रित भएका पशुपालक किसान अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् ।

सामान्यतया माघको दोस्रो हप्तादेखि घाँस पलाउन सुरू हुनुपर्नेमा यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाएको छैन । यस्तै, लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । 

spot_img

Hot Topics

Related Articles