Monday, March 24, 2025

रामेछाप : टाउके सामुदायिक वनमा तीन दिनदेखि लागेकाे डढेलाे अझै नियन्त्रणमा आएन

रामेछाप – रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेकाे डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

तीन दिनअघिदेखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् । डढेलो लागेको समुदायिक वनमा प्रायजसाे सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।

डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।  यसैबीच रामेछाप–८ मा हिजाे एक घर जलेर नष्ट भएको छ।

हिजाे दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा घटना भएको आशङ्का गरिएको छ। 

spot_img

Hot Topics

Related Articles