Friday, April 25, 2025

बझाङमा बाघले १० वटा बाख्रा मार्याे

बझाङ – बझाङकाे  थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेकाे छ । बाघले अस्ति बिहीवार दिउँसाे स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेकाे हाे ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ काे नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएकाे विष्टले बताउनु भयाे । विष्टकाे झन्डै २ लाख रुपैयाँ बराबरकाे नाेक्सानी भएकाे छ । 

झन्डै १२ वर्ष भारतमा राेजगारी गरेर फर्कनु भएका विष्टले २२ वटा बाख्रा पाल्दै आउनु भएकाे थियाे । बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका विष्ट चिन्तामा पर्नु भएको छ ।  

spot_img

Hot Topics

Related Articles