Tuesday, December 16, 2025

जगातीमा ओभरटेक गर्ने क्रममा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

काठमाण्डाै – भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बा ४ ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटनामा परेको र स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

Hot Topics

Related Articles