Saturday, February 15, 2025

‘छक्का पञ्जा ४’ को ट्रेलर कस्तो छ ?

दिपक दिपाको फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर रिलिज भएको छ । सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाउँदै शुक्रबार प्रोमो सार्वजनिक गरिएको हो । हेमराज विसी निर्देशित फिल्म यही फागनु १९ गतेदबाट प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा अभिनेता दिपकराज गिरी गुण्डागर्दीबाट राजनीतिमा उदयमान पात्रको भूमिकामा प्रस्तुत भएका छन् । उनको प्रतिपक्षमा अभिनेत्री दिपाश्री निरौला छिन् । नायिका वेनिशा हमालको भूमिका सस्पेन्स लाग्छ । केदार घिमिरे (माग्ने बुढा, बुद्धि तामाङ (हैट) को भूमिका रोचक छ । अभिनेत्री मलिना जोशीलाई प्रोमोमा त्यति स्थान दिइएको छैन । बाल कलाकारमा चर्चित राज आचार्यले छक्का पञ्जा ४ बाट नायकको रुपमा डेव्यु गर्दैछन् ।

‘छक्का पञ्जा ४’को प्रोमोसरसर्ती हेर्दा राजनीतिक घटनाक्रम र पारिवारिक कथावस्तु समेत जोडिएको छ । तीन वटा श्रृंखला सुपरपहिट हुँदा चौथो श्रृंखलाको इनिसियल व्यापार स्वतः बम्पर हुनेछ । नयाँ इतिहास कामय गर्न फिल्म नै अब्बल हुनुपर्नेछ ।

‘छक्का पञ्जा ४’ को प्रोमोमा निर शाह, निर्मल शर्मा, अनुरागमानसिंह कुँवर लगायन अन्य कलाकारहरुलाई पनि प्रोमोमा देख्न सकिन्छ । यी सँगै प्रोमोमा नयाँ लभ संग सहित हिट गीत दर्शन सलाम पनि समावेश छ ।

spot_img

Hot Topics

Related Articles