Saturday, December 14, 2024

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली – कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर ६ ले निर्णय गरेको छ । सोमबार वडा नम्बर ६ हर्षाहीको जनप्रतिनिधि तथा सरोकारवालाको संयुक्त बसेको बैठक यस्तो निर्णय गरेको हो । वडा नम्बर ६ क्षेत्र अन्र्तगतको कमला नदिनमा विष हाल्न नपाइने वडा कार्यालयले जनाएको छ ।

यस्तै, बैठकले सार्वजानिक स्थल तथा गाउँ–घरमा मदिरा सेवन गरि बैठकसभा, व्यक्तिलाई असर पुग्ने गरि विभिन्न क्रियाकलाप गरेमा पच्चिस सय सम्म जरिवाना सहित कानुनी कार्वाही गर्ने निर्णय गरेको छ । साथै वडा नम्बर ६ भित्र तास, जुवा खेलिएको खेलाएको भेटेमा ५० वर्ष भन्दा माथी उमेर समुहकालाई पच्चिस सय सम्म र ५० वर्ष भन्दा कम उमेर समुहका लागि पाँच हजार सम्म जरिवाना गरि कानुनी कार्वाही गरिने निर्णय भएको छ । उक्त जरिवाना रकम सोही गाउंमा जनचेतना मुलक कार्यक्रम विकास निर्माण कार्यमा लगानी गर्न जानकारी समेत गराइएको थियो ।

spot_img

Hot Topics

Related Articles