सिन्धुली – जिल्ला सहकारी सँघ सिन्धुली अन्तर्गत कमलामाई नगरपालिका स्तरिय सहकारी सन्जाल अशोक श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ ।

आज जिल्ला सहकारी सँघ सिन्धुली अन्तर्गत कमलामाई नगरपालिका स्तरिय सहकारी सन्जाल श्रेष्ठको संयोजकत्वमा गठन गरिएको हो ।
नगरपालिका स्तरिय सहकारी सन्जालमा द्धारिका काफ्ले सह सम्योजक , सदस्यहरुमा बलराम अधिकार , खिलदेब श्रेष्ठ, भक्तनारायण श्रेष्ठ ,गिता बराल, बद्रि पहाडि , धन बहादुर भुजेल रहेका छन् ।

नगरपालिका स्तरिय सहकारी सन्जाले कमलामाई नगरपालिका सँग समन्वय सहकार्य गर्दै सहकारी सम्बन्धी विविध कार्यक्रम गर्ने जनाईएको छ । कार्यक्रममा सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।