Thursday, June 20, 2024

जिल्ला अदालत सिन्धुली – ३ करोड ३७ लाख बढी जरिवाना उठ्न बाँकी

सिन्धुली– जिल्ला अदालत सिन्धुलीले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको झण्डै साढे ३ करोड उठाउन बाकिँ रहेको छ । अदालतले ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैयाँ जरिवाना उठाउन बाकिँ रहेको हो । २०६५ साउन देखि २०७५ अषाढसम्म २७ हजार ८ सय २७, २०७५ साउन देखि २०७९ असार सम्म १३ लाख ९४ हजार ३ सय र चालु आर्थिक वर्षमा १ लाख ५९ हजार जरिवाना उठाएको छ ।

जिल्ला अदालत सिन्धुलीका स्रेतेदार भरत दाहालले वि.स २०४५ साउन देखि २०५५ असार सम्मको ११ लाख ९६ हजार ३ सय ४२ रुपैया ७६ पैसा जरिवाना रहेको थियो । वि.स २०५५ साउन देखि २०६५ असारसम्म १ लाख ५२ हजार २ सय ५ रुपैया ५ पैसा, वि.स २०६५ साउन देखि २०७५ असारसम्म ८८ लाख १८ हजार १ सय ४१ रुपैया २९ पैसा, वि. स २०७५ साउनदेखि २०७९ असार सम्म २ करोड ३३ लाख ५८ हजार ९ सय ५ रुपैया ५० पैसा जिम्मेवारी सरेर चालु आर्थिक वर्षको १ लाख ७८ हजार ७ सय २५ रुपैया नयाँ दण्ड जरिवाना भइ कुल ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैया जरिवाना रहेको थियो ।

गत आर्थिक वर्षमा अदालतमा ६ सय ७४ वटा मुद्दा दर्ता भएको थियो । ति मध्ये सरल मुद्धा ४ सय ३४, सामान्य मुद्धा २ सय ६ र विषेश मुद्धा २९ थिए । चालु आर्थिक वर्षमा ३ सय १ वटा नयाँ मुद्धा दर्ता भएका थिए । ति नयाँ मुद्धा मध्ये सरल ३ सय ३७ सामान्य ६३ रहेका छन् । जम्मा कुल ९ सय ७५ वटा मुद्धा दर्ता भएको छ । सो मध्ये १ सय ६३ वटा मुद्धा मात्र फछ्यौँट भएको छ । ८ सय १२ वटा मुद्धा फछ्यौँट गर्न बाकिँ रहेको स्रेतेदार दाहालले बताउनुभयो ।

जिल्ला सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका मात्रै १ सय ६८ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । दैनिक जसो सम्बन्ध विच्छेदको मुद्धा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै अदालत सजायँ फैसला सुनाएपछि सजायँ भुक्तान गर्नुको सट्टा फरार अभियुक्तबाट ७ सय ३२ वर्ष कैद सजायँ अशुल गर्न बाँकी रहेको छ ।

spot_img

Hot Topics

Related Articles