सिन्धुली – सुनकोशी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस रोसाइटी जिल्ला शाखा सुनकोशी उपशाखाको आयोजना, सुनकोशी गाउँपालिकाको समन्वय र नेपाल रेडक्रस रोसाइटी जिल्ला शाखा सिन्धुली र धनुषा जिल्ला शाखा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ४३ पिन्ट रगत संकलन गरिएको थियो । उक्त संकलित रगत नेपाल रेडक्रस रोसाइटी जिल्ला शाखा सिन्धुलीको ब्लड बैंकमा जम्मा हुनेछ ।
कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला , वडाध्यक्ष चन्द्र श्रेष्ठ , यम जर्गा, कार्यपालिका सदस्य डेना कोइराला, सदस्य विन्दा आछामी , सुनकोशी क्याम्पसका अध्यक्ष रोमनराज गिरी, मावि प्रगतिशीलका अध्यक्ष रामचन्द्र आचार्य, नेरेसो संस्थापक सभापति मिठाराम आचार्य लगाएतको उपस्थिति रहेको थियो ।