Saturday, December 6, 2025

सिन्धुलीमा प्रहरीले घरेलु मदिरा नष्ट गर्यो

सिन्धुली- सिन्धुलीमा प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । मंगलबार गोलन्जोर गाउँपालिका ७ अँधेरी पुलमा सवारी चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट काठमाडौँ तर्फ जादै गरेको दुइ वटा सुमोमा अन्दाजी ३ सय लिटर घरेलु मदिरा प्रहरीले फेला पारेको थियो ।

सिन्धुलीबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. १.ज.५२९४ को सुमो बाट अन्दाजी दुइ सय लिटर र बा.प्र.०१–०२७ च.३५४५ नं. को बोलेरो बाट अन्दाजी एक सय लिटर गरी जम्मा तीन सय लिटर घरेलु मदिरा जम्बोको बोतलमा लुकाई छिपाई ल्याउंदै गरेको अबस्थामा नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । सो मदिरा प्रहरी र स्थानियको रोहवरमा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles