Saturday, July 13, 2024

सिन्धुलीमा तीन फरार प्रतिवादी पक्राउ

सिन्धुली -सिन्धुलीमा प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फैसला भइ फैसला कार्यन्वय नगरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेन (बिगो) मुद्दामा फरार रहेका महोत्तरी बर्दिबास नगरपालिका वडा न. ८ घर भई हाल कमलामाई नगरपालिका वडा न.७ बस्ने मिन बहादुर दर्लामी मगरलाई पक्राउ गरिएको छ । महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा कमलामाई नगरपालिका वडा न. ७ माझिटार स्थित बस स्टेण्ड नजिकबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पुष १८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी जल्ला अदालत महोत्तरीमा बुझाएको जनाएको छ ।

पुष १९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले हातहतियार खरखजना मुद्धामा फरार रहेका कमलामाई नगरपालिका १ भुताहा का ५२ वर्षिय संकलाल बललाई पक्राउ गरेको छ । बललाई सिन्धुली जिल्ला अदालतबाट चार हजार जरिवाना फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं. १ भुताहाबाट पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको हो ।

सोहि दिन हातहतियार खरखजना मुद्धा मै फरार रहेका जिल्लाको कमलामाई नगरपालिका १ भुताहाबस्ने ३० वर्षिय गोरे बहादुर हायुलाई पक्राउ गरिएको छ । हायुलाई हातहतियार खजना मुद्दामा सिन्धुली जिल्ला अदालतबाट तीन हजार जरिवाना फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं. १ भुताहाबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles