सिन्धुली- सिन्धुलीमा ट्रकको ठक्करबाट २० वर्षिय युवकको मृत्यु भएको छ । विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ८ हर्दियामा ट्रकको ठक्करबाट स्थानिय पैदल यात्री २० वर्षिय अमित परियारको मृत्यु भएको हो ।
सिन्धुलीबाट बर्दिबास जादै गरेको मधेश प्रदेश ०४–०१ ख–०११५ को ट्रकले शनिबार राती साढे ११ बजेको समयमा पैदलयात्री परियारलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका परियारको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल रिफर गरिएको थियो ।
उपचारत परियारको आइतबार विहान साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरि कृष्ण केसिले जानकारी दिनुभयो ।