Saturday, July 13, 2024

सिन्धुलीमा एक फरार प्रतिवादी पक्राउ

सिन्धुली – सिन्धुलीमा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यहि पुष ६ गते जवरजस्ती करणी मुद्धामा अदालतले पक्राउ पुर्जी जारी गरिसकेको तर हाल सम्म फरार रहेका गोलन्जोर गाउँपालिका वडा न.६ नाकाजोलीको २८ वर्षिय छबिन्द्र बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

मगरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका वडा न. ४ गणपती होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । मगरलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्यादथप गरी अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles