Tuesday, December 16, 2025

सिन्धुलीको नौँ वटै स्थानिय तहबाट खेलाडी बिवरण पठाउन आग्रह

सिन्धुली – जिल्लाका नौ वटै स्थानिय तहलाई खेलाडीको विवरण पठाउन जिल्ला खेलकुद विकास समिति सिन्धुलीले आग्रह गरेको छ ।

प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालनका लागी नौ वटै स्थानिय तहलाई खेलाडीको विवरण पठाउन आग्रह गरेको हो । “नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद, बाग्मती प्रदेशको स्वीकृत कार्यक्रम एवं निर्णय वमोजिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालनका लागी जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्नको निमित्त स्थानिय पालिका स्तरिय खेलकुद प्रतियोगितावाट विभिन्न विधामा टिम गेममा प्रथम र टिम गेम वाहेक अन्य खेलहरुमा प्रथम र द्वितिय हुने खेलाडीहरुको आधिकारीक विवरण निर्देशिका २०७० र चौथो संशोधन २०७९ असार ५ को अनुसुची १ अनुसारको फारम भरी सोहि खेलाडिको जन्म दर्ताको प्रतिलिपी अनिवार्य रुपमा सक्कलै फारमको साथ सम्बन्धित पालिकाको सिफारिस सहित आगामी माघ १० गते भित्र यस जिल्ला खेलकुद विकास समितिको कार्यलयमा उपलब्ध गराईदिनहुन अनुरोध गर्दछौँ ।” सुचनामा भनिएको छ । खेलहरु एथलेटिक्स, भलिवल , तेक्वान्दो , कराते , कवड्डी र उसु हुनेछ ।

Hot Topics

Related Articles