Saturday, December 14, 2024

सामुदायिक रेडियो सिन्धुलीगढी १६ औँ वर्षमा प्रवेश

सिन्धुली – सिन्धुली जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १६ वर्षमा प्रवेश गरेको छ । २०६४ साल पुष २४ गते “बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज” भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको रेडियो आइतबार १५ वर्ष पुरा भइ १६ वर्षमा प्रवेश गरेको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै सुचना, समाचार र मनोरन्जनको रुपमा समुदाय स्तरका नागरिकहरुलाई सेवा प्रबाह गदैँ आएको छ ।

२०६४ साल पुष ९ गते बाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले पुष २४ गते तत्कालिन सभामुख सुबासचन्द्र नेम्वाङले उद्घाटन गरे सङ्गै नियमित रुपमा प्रसारण गरेको थियो । धेरै संघर्षका साथ रेडियो स्थापना गरिएको रेडियो सिन्धुलीगढीका अध्यक्ष प्रेम नाथ मैनालीले बताउनुभयो । रेडियो स्थापना काल देखि हाल सम्म सहयोग गर्न विभिन्न संघसंस्था, शेयरधनी, बिज्ञापनदाता, स्रोतालाई अध्यक्ष मैनालीले धन्यबाद व्यक्त गर्नुभयो । “हामीलाई सहयोग गर्ने संघसंस्था, शेयरधनी, बिज्ञापनदाता, स्रोता लगायत सम्पूर्ण धन्यवाद दिन चाहान्छु । तपाइहरुको साथ सहयोग पछिल्ला दिनमा पाउने अपेक्षा गरेको छु ।” अध्यक्ष मैनालीले भन्नुभयो ।

हाल रेडियो सिन्धुलीढीले ५ सय वार्ड क्षमता बाट रेडियो प्रसारण गरिरहेको छ । सिन्धुली लगाायत सिन्धुली आसपासका १० वटा जिल्लामा रेडियो सिन्धुलीगढीले सुचना प्रवाह गरेको छ ।

spot_img

Hot Topics

Related Articles