सिन्धुली – केहि दिन अगाडि मात्रै उद्घाटन भएको मरिण गाउँपालिका वडा नम्बर ६ धमीलेको शनिबारे कृषि हाटमा किनमेल गर्नेको भिड लागेको छ । दोस्रो शनिबारे कृषि हाटमा किनमेल गर्नेको भिड थियो ।
मरिण गाउँपालिकाले ३० लाख लागतमा हाट निर्माण गरेको हो । हाटमा विभिन्न टहराहरु निर्माण गरिएको छ । स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले हाट निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्ताङले बताउनुभयो ।
आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले हाट निर्माण गरिएको उहाँको भनाइ छ । विषादीयुक्त कृषि उपजहरु महङ्गो मूल्यमा खरीद गर्नुपर्ने आम उपभोक्ताहरुको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट बजार निर्माण गर्न थालेको गाउँपालकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले बताउनुभयो ।
आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । कृषि हाट बजार सञ्चालनमा आएसँगै कृषि उपजका बिचौलियाहरुको अन्त्य भएको उहाँको भनाइ छ ।