Friday, April 25, 2025

फिक्कलले कृषकलाई टनेल तथा खोरगोठ बनाउन सहयोग गर्ने

सिन्धुली – फिक्कल गाउँपालिकाले कृषकलाई प्लास्टिक टनेल, मौरि घार, खोर र गोठ सुधार गर्न सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका किसानलाई प्लास्टिक टनेल, मौरि घार, खोर र गोठ सुधार गर्न ५० प्रतिशत अनुदान दिने भएको हो ।

फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा सामुहिक सरोकार समाज (ऋऋक्) सिन्धुली नेपालको सहजिकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम र गाउँपालिकाको आर्थिक वर्ष २०७९-०८० को कृषि विकास कार्यक्रम अन्तर्गत किसानलाई प्लास्टिक टनेल, मौरि घार, खोर र गोठ सुधार गर्न ५० प्रतिशत अनुदान दिने गाउँपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ ।

गाउँपालिकामा व्यवसायिक तरकारी खेति प्रर्वद्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा टनेल वितरण गर्ने कार्यक्रम रहेकोले सम्पूर्ण कृषक समुह र कृषि फर्महरुबाट सात दिन भित्र गाउँपालिका अन्तर्गतको सम्बन्धित वडाका कृषि शाखा वा गाउँपालिकाको कृषि शाखामा माग संख्या उल्लेख निवेदन दिन आग्रह गरिएको छ ।

spot_img

Hot Topics

Related Articles