सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नवनियुक्त प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक (एसपि) राजकुमार सिल्वालले प्रहरी संगठनलाई सुद्धढिकरण गर्ने पहिलो योजना बनाएको बताउनुभएको छ । आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा नवनियुक्त (एसपि) सिल्वालले पहिलो योजना आफ्नो संगठनलाई मजबुत बनाउने बताउनुभएको हो । उहाँले प्रहरीमा सेवा लिन आएका सम्पूर्ण नागरिकलाई प्रहरी गर्ने व्यवहार, सेवा, समस्या लगाएत समेटिएको फम तयार गरेर भर्न लगाउने गरेको बताउनुभयो । नागरिकले सहज रुपमा सेवा पाउने सके नसकेको केहि समय पछि थाहा पाउने उहाँको भनाइ छ । “हामीले एउटा फम तयार गरेका छौँ । त्यो फम यहाँ सेवा लिन आएका नागरिकले भर्ने छन् । नागरिकलाई यहाँको सेवा कस्तो लाग्यो ? समस्या के प¥यो ? सेवामा खटिएका प्रहरीले कस्तो व्यवहार गरे लगाएत समेटिएको फर्म नागरिकले भर्नुपर्ने छ। केहि महिनापछि ती सबै फर्म संकलन गर्ने छौँ । त्यसपछि केहि हर्द सम्म थाहा हुनेछ, नागरिकले सहज रुपमा सेवा पाए कि पाएन्न भन्ने ।” उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली आएका सम्पूर्ण सेवाग्राहिलाई आफैले फोन गरेर न्याय पाए नपाएको बारे जानकारी लिने गरेको उहाँले बताउनुभयो । जिल्लालाई शान्तिसुरक्षाको पक्षमा परिर्वतनको आवास दिलाउने प्रतिवद्धता समेत गर्नुभयो ।