सिन्धुली- ललितपुरमा प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुलीका एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
जवरजस्ती करणी गरेको आरोपमा फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षिय युवक पक्राउ परेका हुन् । ती युवकलाई गत शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
युवकले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।