सिन्धुली – कमलामाई नगरपालिका १ को श्री शिखर माध्यमिक बिद्यालय बेल्टारलाई आइसिटी सामाग्री बितरण गरिएको छ । कमलामाई नगरपालिकाको समन्वयमा रिड नेपाल सिन्धुलीले श्री शिखर माध्यमिक बिद्यालय बेल्टारलाई आइसिटी सामाग्री बितरण गरेको हो ।
एक औपचारिक कार्यक्रमको विच कमलामाई नगरपालिका नगरप्रमुख उपेन्द्र पोखरेल र १ नम्बरका वडा अध्यक्ष नरेश गोल लगाएतको उपस्थितिमा बिद्यालयलाई सिसि क्यामेरा, किबोर्ड, प्रीन्टर, पेन ड्राइभ, क्यालकुलेटर, ल्यापटप ब्याग, डेक्सटप कम्युटर, डिक्सनेरी र अन्य शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले दुरदराजमा रहेका बिद्यालयहरुलाई नगरपालिकाको तर्फबाट सकेको पहल गर्ने बताउनुभयो । रिड नेपालले नगरपालिका भित्रको बिद्यालयहरुमा बिभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेकोमा धन्यवाद समेत दिनुभयो ।
साथै उक्त बिद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सधै प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । अष्ट्रेलियन एटको आर्थिक तथा रिड नेपालको प्राविधिक सहयोगमा कमलामाई नगरपालिकाको २६ वटा बिद्यालयमा शिक्षामा स्थायीत्व परियोजना संचालन भइरहेको छ । उक्त परियोजना अन्तर्गत वडा नं. १ को श्री शिखर माध्यमिक बिद्यालय बेल्टारलाई आइसिटी सामाग्री बितरण गरिएको शिक्षामा स्थायीत्व अभिबृद्धि परियोजनाकी शिक्षा विकास अधिकृत शोभा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बिद्यालयमा प्राप्त सामाग्रीहरुलाई बिद्यालयले आफ्नै संरचना सम्झेर प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।