Thursday, June 20, 2024

सिन्धुली महोत्सवमा आज राजेश पायल राईको प्रस्तुती

सिन्धुली– सिन्धुली महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा एउटै मुला ६ केजि भन्दा बढीको प्रर्दशनका लागि राखिएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्याका रमेश रम्तेलले उत्पादन गर्नुभएको पिउठाने जातको ८ केजि सम्मको मुला कृषि ज्ञान केन्द्र सिन्धुलीले महोत्सवमा प्रर्दशनका लागि राखेको हो । महोत्सवमा सिन्धुलीको जुनारलाई प्राथमिकता दिइएको छ । महोत्सव हेर्न आउने बाहिरी जिल्लाका नागरिकले सिन्धुलीको जुना चाख्ने छन् । सिन्धुलीको पहिचान दिनका लागि पनि जुनार प्रर्दशनमा प्राथमिकता दिएको आयोजकले जनाएको छ ।

यस्तै, सिन्धुली महोत्सवमा आज गायककार राजेश पायल राईले प्रस्तुती दिने छन् । भ्वाईस अफ नेपाल सिजन ४ का निर्णायक समेत रहनुभएको राइले हजारौँ गित गाइसक्नुभएको छ । राइले ‘बनकि चरि’, ‘सानो माया,’ दर्शन नमस्ते, मैले मायाँले दिएको चिनो, लेखेको भाविले मेटिदैन, सँगसँगै बाच्न पाउ, फैलियो मायाँ दुबो सरी, तिमि जस्ती सुवासिनी, घरबारे रैछौँ मायालु, सागर सरि चोखो मायाँ तिमिलाई दिउँला बोल लगाएतका गित गाउनुभएको छ ।

यस्तै, महोत्सवमा आज स्कुल स्तरको तृत्य प्रतियोगिता समेत हुने छ ।

spot_img

Hot Topics

Related Articles