सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखमा प्रहरी उपरिक्षक राजकुमार सिलवाल नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश प्रहरी गण विरेन्द्रनगर सुर्खेतमा कार्यरत सिलवाललाई सिन्धुलीमा सरुवा गरिएको हो । त्यस्तै, सिन्धुलीका पुर्व प्रहरी प्रमुख विमल राज कँडेललाई भने नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाडौँ सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभाजले जनाएको छ ।
सोमबार नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो । काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुली सहित झापा, पर्सा, सर्लाही, धनुषा, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।
झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र देवेन्द्रबहादुर पालको कैलालीमा सरुवा भएको छ । यी जिल्लाका प्रमुखहरुको उपत्यका प्रहरी कार्यालयदेखि कर्णाली प्रदेश प्रहरी कार्यालयसम्म सरुवा भएको छ ।