सिन्धुली- सिन्धुलीमा जंगली जनावर निलगाई मृत अवस्थामा फेला परेको छ । दुधौली नगरपालिका ९ लखिमा लखनपुर जाने बाटो आपडाडाँमा रहेको पुल नजिक निलगाई मृत अवस्था भेटिएको हो । निलगाई घाउ चोट लागेको नाकबाट फिज आएको अवस्थामा फेला परेको डिभिजन बन कार्यालय सिन्धुलीका वन अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार निलगाई अन्दाजि डेढ वर्षको, ६ पिट लम्वाई र उचाई साढे तीन फिट (खुट्टा देखि ढाड सम्म) देखिएको मृत पोथि निलगाई फेला परेको हो । मृत निलगाई वडाध्यक्ष, प्रहरी, स्थानियको रोहवरमा खाल्डोमा पुरी सदगति गरिएको उहाँले जानकारी दिनुभयो ।