Thursday, October 3, 2024

सडक दुर्घटना न्यूनिकण गर्न विपि राजमार्ग स्तरउन्नती

सिन्धुली – सडक दुर्घटना न्यूनिकण गर्न विपि राजमार्ग स्तरउन्नती गरिएको छ । सडक दुर्घटना न्यूनिकरणका लागि विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ७ माझिटारमा स्तरउन्नतीको काम धमाधम भइरहेको छ । राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास देखि सिन्धुलीको सदमुकाम सम्म आसफाल्ट पिच गरिएको छ ।

राजमार्गमा चल्ने सवारीसाधनको कारण खाल्डा खुल्डि भएको थियो । खाल्डाखुल्डिको कारण दैनिक राजमार्गमा साना ठुला सवारी दुर्घटना भइरहेको खबर बाहिर आउने गरेको थियो । राजमार्गमा आसफाल्ट पिच गरिएसँगै दुर्घटना केहि हद सम्म कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जङ्ग कार्कि बताउनुहुन्छ । “सडकमा भएको खाल्डाखुल्डिको कारण पनि धेरै सवारी दुर्घटना हुन्थ्यो । सडकमा यो आसफाल्ट पिच भएपछि दुर्घटना कम हुने आकंलन हामीले गरेका छौँ ।” उहाँले भन्नुभयो ।

राजमार्गमा आसफाल्ट पिच गरेसँगै सवारी चलाउन सहज भएको एक सवारी चालक बताउँछन् । “पहिले खाल्डाखुल्डिको कारण गाडि चलाउन पनि समस्या हुन्थ्यो । यता आफ्नो सवारी विग्रने अर्को तिर दुर्घटनाको पनि डर हुन्थ्यो । अहिले सजिलो भएको छ ।” उहाँले भन्नुभयो ।

spot_img

Hot Topics

Related Articles