Saturday, February 15, 2025

लागुऔषध किन्न मोबाइल–घडी धरौटी राख्छन् युवायुवती

भारतसँगको नजिक सिमाना र त्यहाँसम्म पुग्न सडकको राम्रो पहुँच भएकाले सिन्धुली लागुऔषध ओसारपसराको ट्रान्जिट प्वाईन्ट भन्दै गएको छ । विगत केहि वर्षयता सिन्धुलीमै कडा खालका दुव्र्यसनिपनि भेटिएको प्रहरी तथ्यांकले देखाउँछ । खैरो हेरोइन, ब्रुप्रेनोर्फिन, डाइजेपाम, फेनारगन जस्ता कडा लागुऔषधसहित पक्राउ पर्नेहरु धेरैजसो बाहिरी जिल्लाको रहेपनि सेवनकर्ता सिन्धुलीकै युवाहरु पनि रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

लागुऔषध प्रयोगकर्ताबाट प्रहरीले विभिन्न तथ्य फेला पार्ने गरेको छ । बैंकहरूले ऋण दिँदा धितो राखेर जसरी लागुऔषध विक्रेताले पनि लागुऔषध बेच्दा धितो राख्ने गरेको प्रहरीले स्रोतले बताएको छ । पैसा नहुने प्रयोगकर्तालाई मोबाइल र घडी धितो राखेर विक्रेताले लागुऔषध दिने गरेको तथ्यसमेत फेला परेको प्रहरी श्रोतले बताएको छ ।

‘लागुऔषध प्रयोगकर्ताले लागुऔषध किन्नको लागि मोबाइल, घडी, गितार धरौटीमा छाडेर जाने गरेको तथ्य पनि फेला परेको छ । पैसा तिर्न नसक्नेलाई विक्रेताले ती सामान धितो राखेर लागुऔषध बेच्ने गर्दा रहेछन् ।’ एक प्रहरीले भने ।

धरौटी नै राखेर लागुऔषधको किनबेच हुने देखिएकाले अभिभावकले पनि आफ्ना बालबच्चाको ख्याल गर्नुपर्ने प्रहरी स्रोतले बताए । ‘अहिले सबै केटाकेटीलाई अभिभावकले मोबाइल, घडी दिएका हुन्छन् । ती सामान कहाँ छन् त भनेर पनि बुझिरहनु पर्ने अवस्था देखियो,’ एक प्रहरीले भने ।

सिन्धुलीमा लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले अनुसन्धानमा कडाई गरेको छ । केहि महिनाअघि मात्रै सिन्धुली कारागारकालागि ल्याइएको माछाभित्र खैरो हेरोइन भेटिएको प्रहरी श्रोतले बताएको छ । उक्त हेरोइन कस्कालागि ल्याईएको र कस्ले ल्याएको भन्ने एकिन हुन सकेको छैन । प्रहरीले शंकास्पद व्यक्तिहरुलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

spot_img

Hot Topics

Related Articles