Saturday, December 14, 2024

मरिणमा वृहत्त खानेपानी आयोजनाको शिलान्यास

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा बृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ । साढे १० करोड भन्दा बढी लागतको बृहत्त खानेपानी आयोजना मरिण गाउँपालिकाको वडा नं. ६ र ७ मा वितरण गर्ने लक्ष्य शुक्रवार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले शिलान्यास गर्नुभएको हो ।

संघिय सरकारको एक घर एक धारा अभियान अन्तर्गत कुल १० करोड ८८ लाख ८२ हजार २५४ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । आयोजनाको निर्माणको ठेक्का कालिका बिल्डर्स प्रा.लि काठमाडौंले पाएको छ ।

दुई बर्ष भित्र खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गत असार २७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको अध्यक्ष मोक्तानले बताउनुभयो । डिप बोरिङ अर्थात इनारबाट झन्डै एक किलोमिटर माथि डाँडामा ट्याङ्की निर्माण गरेर त्यहाँबाट घरघरमा खानेपानी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

मरिणको ६ र ७ नम्बर वडा अहिले शहरीकरण हुदै गएकाले पानीको समस्या हल गर्न यो खानेपानी आयोजना निक्कै महत्वपूर्ण हुने अध्यक्ष मोक्तानको भनाई रहेको छ । यो आयोजना पालिकाकै गौरवको आयोजना भएकाले समयमै निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सचेत गराउने अध्यक्ष मोक्तानले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles