Saturday, July 13, 2024

नौँ दिन सम्म शरिर बन्धक बनाइ जवरजस्ती करणी गर्ने देवरसँग यसरी भेट भएको थियो

काठमाडौँ बस्दै आएकी उदयपुरकी २९ वर्षिय सुनिताको (नाम परिर्वतन) २१ वर्षिय युवकसँग फेसबुकमा कुराकानी हुन्थ्यो । एउटै थर भएको सो युवकसँग देवरको नाता जोडेर सुनिता कुराकानी गर्थीइन ।

झण्डै एक वर्षदेखि उनीहरुको देवरभाउजुको नाता जोडेर फेसबुकमा कुराकानी हुन्थ्यो । फेसबुकमा कुरा हुने देवरसँग सुनिताको भेट भने कहिले हुनसकेको थिएन । देवर भनिने. ति युवक सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा गलैचा पसल गर्थे भने सुनिता काठमाडौँ बस्ने भएकाले पनि उनीहरुको भेट हुन सकेको थिएन । ति युवकले सुनितालाई धेरै पटक भेट्नका लागि प्रस्ताव पनि गरेका थिए । कामबाट छुटि नमिल्ने र टाढा भएकाले सुनिताले ति युवकलाई भेट्न सकेकी थिइनन् । फेसबुकमा दैनिक जसो उनीहरुको कुराकानी हुन्थ्यो ।

गत साउनमा सुनिता उदयपुर घर जाने निर्णय गरिन् । घरजाँदा बाटोमा ति युवक देवरलाई भेट्ने सोच सुनिताले बनाएकी थिइन् । ती युवकले पनि आफ्नो जन्मदिन भएकाले सुनितालाई खुर्कोटमा झर्न भनेका थिए । सुनिताले पनि देवरको जन्मदिन मनाएर घर जाने योजना बनाइन ।

सुनिता जन्मदिन मनाउन खुर्कोट मै झरिन् । ती युवकले सुनितालाई आफ्नो पसलको लोकेस दिएका थिए । पसलमै जन्मदिनको पाटि भइरहेको भनेर सुनितालाई ति युवकले बोलाए । सुनिता पनि ति युवकको पसलमा गइन । पसलमा कुनै पाटि भने भएको थिएन ।

ति युवकले फेरि गोदाममा पाटि भइरहेको भन्दै सुनितालाई गोदाममा लगे । युवकको साथमा सुनिता पनि गोदाम गइन् । गोदम भित्र पसेपछि ति युवकले ढोका अर्थात सटर बन्द गरिदिए । त्यसपछि युवकले सुनितलाई जवरजस्ती गर्न खोजे । सुनिताले मानिन् । युवकले कुटपिट गरि जवरजस्ती ग¥यो । ति युवकले सुनितालाई त्यहि गोदाममा बन्द गरिदिएको थियो । दैनिक गोदाम भित्र बन्द गरि कुटपिट गर्दै जवरजस्ती गर्ने गरेको पिडित महिला (सुनिता)ले बताइन् । “मलाई गोदाम भित्र बन्द गरेको थियो । दिनदिन नै कुटपिट गर्दै जवरजस्ति गर्थे ।” सुनिताले भनिन् ।

गोदाममा बन्द गरेर राखिएको सुनिताको नौँ दिनपछि घरपरिवारले खोजि गर्न थाले । सुनिताका परिवारले सामाजिक संजाल, प्रहरी लगायत सबै ठाउँमा सुनिताको हुलिया दिएर खोजतलास गर्न थाले । सुनिताको खोजतास भइरहेको ति युवकले थाहा पाए ।

आफ्नो पसलमा पनि खोजतलास हुने डरले युवकले सुनितालाइ अगाडि नै छोड्दिए । त्यसपछि सुनिता परिवारसँग सम्र्पक गरेर प्रहरीसम्म पुगिन् । प्रहरी कार्यालयमा पुग्दा सुनिताको जिउँभरि निलडाम देखिएको एक प्रहरीले बताउनुभयो । सो युवक विरुद्ध सुनिताले उजुरी दिइन । प्रहरीले तत्काल युवकलाई पक्राउ पनि ग¥यो । प्रहरीले अनुसन्धान सकेर ति युवकलाई अदालत पठाएको थियो । हाल ति युवक पुर्पक्षका लागि सिन्धुली काराघारमा छन् ।

spot_img

Hot Topics

Related Articles