Friday, January 23, 2026

धनुषामा आगलागी, ३० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

धनुषा – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।

जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चोकमा रहेको हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा धेरैको इलेक्ट्रोनिक समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिनुभयो ।

गएराति साढे १२ बजेतिर लागेको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । मिथिला नगरपालिका ढल्केवरबाट आएको दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाइएको थियो । आगो लाग्नुको कारण खुल्न बाँकी छ । 

Hot Topics

Related Articles