Saturday, July 13, 2024

तिनपाटनमा करोडौँ लगानीमा बाख्रा पालन

सिन्धुली – तिनपाटन गाउँपालिका ३ का निपु लाल मानन्धरको खोरमा अहिले झण्डै ६० वटा विभिन्न थरिका बाख्रा छन् । उमेरले ५७ लागिसक्नुभएको मानन्धरलाई आफ्नो ठाउँमा केहि गर्छु भन्ने हिम्मत आएको छ । उहाँले दुइ करोड भन्दा बढी लगानी गरेर बाख्रा फार्म संचालन गर्नुभएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर ३ मा पाटन देवी बाख्रा फार्म उहाँले संचालन गर्नुभएको हो । सिन्धुलीमाढीमा होटल व्यवसाय गरिरहनुभएको मानन्धर लकडाउनपछि गाउँ पुग्नुभएको थियो । गाउँमा आफ्नो जमिन भएकाले गाउँमै केहि गर्ने सोचले सिन्धुलीमाढीबाट गाउँ गएको उहाँ सुनाउनुहुन्छ । “लकडाउनमा सबै बन्द भयो । गाउँमा आफ्नो जमिन बाझै थियो । गाउँमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने सोच बनाए त्यसपछि म आफ्नो परिवार लिएर गाउँ नै फर्किए ।” उहाँले भन्नुभयो ।

गाउँमा बाख्रा पालन गर्दा उहाँलाई साथ दिन्छु भन्ने धेरैले आश पनि देखाएका थिए । साथ भने उहाँले कसैको पाउनुभएन । उहाँलाई नजिकका केहि व्यक्तिले अनुदानका लागि ब्राखा पालन गरेको भन्ने आरोप पनि लगाए । अस्ट्रेलिया घुमेर फर्किएका मानन्धरलाई विदेशी डलर खान व्यवसाय सुरु गरेको भन्ने पनि गर्थे । “छोरीले मलाई अस्ट्रेलिया घुमाएकी थिइन् । विदेश घुमेर फर्किएपछि मैले यो व्यवसाय सुरु गरेको हो । सबैले मलाई विदेश घुमेर, विदेशी डलर खानका लागि व्यवसाय सुरु गर्यो पनि भन्ने गर्थे ”। उहाँले भन्नुभयो ।

सबैले आलोचना गरेपनि मानन्धरले हिम्मत भने हार्नुभएको छैन । उहाँको खोरमा अहिले ६० वटा लोक खरि, बक्ड बाख्रा साथै ब्याडे बोका पनि छन् । काम गर्ने मान्छे नपाएकाले खोरबाट विस्तारी बाख्रा घटेको उहाँले सुनाउनुभयो । “काम गर्ने मान्छे पाउन समस्या, पहिले यो खोरमा ८० वटा सम्म बाख्रा थियो । पाल्न नसक्ने भएपछि खोरबाट विस्तारी ब्राखा घटेको हो ।” उहाँले भन्नुभयो ।

spot_img

Hot Topics

Related Articles