सिन्धुली – जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र सिन्धुलीमा जेष्ठ नागरिकलाई निशूल्क आयुर्वेद सेवा दिइने छ । ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्पूर्ण आयुर्वेदिक सेवा निशूल्क गरिएको हो ।
यस्तै अन्य नागरिकलाई २३ वटा आयुर्वेदिक औषधी निशूल्क गरिएको जिल्ला आयुर्वेद केन्द्र सिन्धुलीका प्रमुख अर्जुन उपाध्याले बताउनुभयो । उहाँका अनुसार आयुर्वेद केन्द्रमा प्रतिकारात्मक जिवनशैली परामर्श, योग स्वास्थ्य जिवन कार्यक्रम, निदानात्मक प्रयोगशाला, भिडियो एक्से अल्टासाउनड, उपचारात्मक बहिंरग सेवा, पश्रकर्म तथा पुर्वकर्म क्षारसुत्र सेवा, फिजिओथेरापी अकुपन्चर सेवा रहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट संचालित आयुर्वेदिक केन्द्र सिन्धुलीले जिल्लाको आठ वटा पालिकामा आफ्नो सेवा विस्तार गरेको छ ।
यस्तै, आयुर्बेद औषधीले मानिसको स्वास्थ्यमा पु¥याउने फाइदा समुदासम्म पुग्न नसक्दा आयुर्वेद औषधी सम्बन्धी भ्रम पैदा भएकोे आयुर्वेद केन्द्र सिन्धुलीका अध्यक्ष सुन्दर तामाङको भनाई छ ।
आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सा डाक्टर अर्जुन उपाध्ययले आयुर्बेदको महत्व, स्वास्थ्य केन्द्रको उदेश्य र जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रबाट दिइने सेवाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले आयुर्बेद प्राचिनतम एवं मौलिक चिकित्सा भएको बताउनुभयो । जिवन जिउने कलानै आयुर्वेद रहेको डाक्टर उपाध्ययको भनाई छ । डाक्टर उपाध्ययका अनुसार सामान्यतया मानिसले दिनभरिमा ३ देखि ४ घण्टाको फरकमा ४ देखि ५ पटक ठिक्क मात्रामा खाना खानुपर्दछ । दिनको तुलनामा रातिको समयमा हलुका सजिलै पच्ने र परिणमामा थोरै खानुपर्छ । साथै खाना राम्रोसँग चपाएर खानुपर्दछ । भोजन लगत्तै अत्याधिक मात्रामा पानी पिउन नहुने उहाँले बताउनुभयो । ऋतु अनुसार शरीरिक पाचन शक्ति घटबढ हुने भएकाले सोहि आधारमा भोजन गर्न उहाँले सुभाव दिनुभएको छ ।
डाक्टर उपाध्यायका अनुसार आयुर्वेदमा आहार विहारको पथ्य अपथ्यको पालनाबाट नै जीवन आधारित रहेको हुन्छ । आहारमा दैनिक रुपमा खाइने खाद्य र पैय पदार्थ भन्ने बुझिन्छ । विहारमा कुनै पनि व्यक्तिले शारिरिक, मानसिक र सामाजिक रुपमा गरिने गतिविधि बुझिन्छ । पथ्यमा शरिरको लागि पाइदा गर्ने र अपथ्यमा शरिरको लागि हानि गर्ने बुझिन्छ ।