सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकालाई कोरिया बाट आएको ८१ वटा बाच्छी हस्तान्तरण गरिएको छ । शनिबार आएको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक कुमार खरेलले कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त भएको ६ देखि ८ महिनाका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ८१ जना किसानलाई प्रदान गरिने कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले जानकारी दिनुभयो । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने नगर प्रमुख पोख्रेलले बताउनुभएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय, हेफर इन्टरनेशनल र हेफर नेपालले वडा नं. ५ मा गाई पालनको लागि अनुन्धान गरेकाले वडा नं. ५ मा नगरपालिकाको सहयोगमा उक्त गाई राख्नको लागि ब्यवस्थीत गोठ निर्माण भइसकेको उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त गाइहरु भोलि सिन्धुली आइपपुग्ने र भोलिनै किासनहरुलाई गाई बितरण गरिने छ । साथै नगर प्रमुख पोख्रेलले नगरको पशु शाखामा ल्याव तथा भवन स्थापनाको ललागि सहयोग गरिदिन समेत माग गर्नुभएको छ ।