Thursday, March 27, 2025

कम समयमा राम्रो आम्दानी हुनेभएपछि आलु खेतितर्फ आकर्षित किसान

सिन्धुली – सिन्धुलीका किसान व्यवसायिक आलु खेति तर्फ आकर्षित भएका छन् । कम समयमा नै राम्रो आम्दानी लिन सकिर्ने भएकाले आलु खेतिमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ४ ज्यामिरेका सिता लामा आलु खेतिबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

लामा विगत ४ वर्ष देखि आलु खेति गदै आएको सुनाउनुहुन्छ । “म विगत ४ वर्ष देखि आलु खेति गर्दै आएको छु । व्यवसायिक रुपमै मैले आलु खेति गरेको छु । आलु खेतिबाट राम्रो आम्दानी पनि भइरहेको छ ।” उहाँले भन्नुभयो । अरु बालीको तुलनामा आलु खेतिबाट राम्रो आम्दानी हुने भएकाले त्यस तर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

लामाले हाल ७ कठ्ठा जग्गामा आलु खेति गरेका छन् । उक्त खेतिबाट वार्षिक एक लाख भन्दा बढि आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । “पहिले दुई­तिन कठ्ठामा आलु लगाएको थिए । राम्रो आम्दानी हुने भएपछि अहिले थपेर ७ कठ्ठामा आलु लगाएको छु ।” उहाँले भन्नुभयो, “फेरि पनि थप आलु खेति गर्ने सोच बनाएको छु । यो वर्ष राम्रो भयो भने फेरि थप खेति गर्ने छु ।” आलु खेति गर्ने लामा मात्र होइन कमलामाई नगरपालिका ४ ज्यामुटारका सन्तोष तामाङले पनि झण्डै पाँच कठ्ठा जमिनमा व्यवसायीक आलु खेति गर्नुभएको छ ।

गहुँ र तोरी फल्ने बारीमा उहाँले व्यवसायीक रुपमा आलु लगाएका भएको छ । गहुँ, तोरी लगायतका अन्नबाली भन्दा राम्रो उत्पादन आलुबाट भएको भन्दै आलु खेति गर्न सुरु गरेको तामाङ बताउनुहुन्छ । “तोरी गहुँ भन्दा बढी फाइदा आलुबाट हुने रैछ । त्यसैले हामीले आलु खेति गर्न थालेको हो । कम समयमा राम्रो आम्दानी आलुबाट हुने भएकाले यहाँका सबै नागरिक व्यवसायिक रुपमै आलु खेति गर्छन् ।” उहाँले भन्नुभयो । दुइ वर्ष अगाडिबाट व्यवासायी आलु खेति गरिरहेको उहाँले सुनाउनुभयो । आलु खेति बाटै गत वर्ष ५० हजार भन्दा बढी आम्दानी लिएको उहाँको भनाइ छ । “गत वर्ष २ कठ्ठामा आलु खेति गरेको थिए । उक्त २ कठ्ठा खेतिबाट ५० हजार भन्दा बढी आम्दानी भयो । यो वर्ष ४ कठ्ठा जमिनमा आलु खेति गरेको छ । यो वर्ष लगभग १ लाख भन्दा बढी आम्दानी हुने आश छ ।” उहाँले भन्नुभयो । उत्पादीत आलुको बजारीकरणमा समस्या रहेको उहाँले गुनासो गर्नुभयो ।

उत्पादन भएको आलुले बजार पाए अझ धेरै आम्दानी लिन सक्ने उहाँको भनाइ छ । स्थानियतहले दिने अनुदानको आलुको विउँ समेत प्रयाप्त नपाएको किसानको गुनासो छ । साथै उत्पादन भएको आलुको वजार व्यवस्थापन नहुदाँ कम मूल्यमा आलु विक्रि गदैँ आएको उनीहरुले बताएका छन् । नगरपालिकाले उत्पादीत आलुको बजारिकरण साथै कोल्ड स्टोर निर्माण गरे आफुहरु थप आलु खेति गर्न उत्पेरित हुने किसानको भनाइ छ ।सिन्धुली जिल्लाभर २ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेति गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles