Friday, January 16, 2026

सेनेटरी प्याड किन्न वर्षमा १५ सय दिने ग्यारेन्टी गर्ने छौँः अध्यक्ष ओली

सिन्धुली– नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले महिनावारी उमेरका सम्पूर्ण महिलालाई सेनेटरी प्याड किन्न वर्षमा १५ सय दिने ग्यारेन्टी गर्ने बताउनुभएको छ । सोमबार दुधौली नगरपालिकामा आयोजित चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । “नेकपा एमालले महिनावारी उमेरका सम्पूर्ण महिलालाई सेनेटरी प्याड किन्नका लागि महिनामा १ सय २५ र वर्षमा १५ सय बैंक खाता खोलेर खातामा पठाइदिने व्यवस्था गर्नेछ । यो व्यवस्थालाई कसैले हटाउन सक्दैन । पहिले जेष्ठ नागरिकलाई भत्ता दिदा हामीलाई आलोचना गरेका थिए, आज तिनै आलोचना गर्ने मान्छे हामीसँग नकली प्रतिस्पर्धा गरिरहेका छन् ।”

अध्यक्ष ओलीले देश विकास गर्ने राष्ट्रिय शक्ति एमाले रहेको बताउनुभएको छ । उहाँले अहिले देशलाई विकासको अभियानमा हाक्न सक्ने राष्टिय शक्तिको आवश्यक परेको बताउनुभयो । “आज देशलाई विभिन्न स्वास्थ्य जोडिएका स्वार्थीहरुको समुहको गठबन्धन होइन एउटा राष्ट्रिय शक्तिको आवश्यक परेको छ । जस्ले देशको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता आदिको रक्षा गर्न सक्छ । देशको राष्ट्रिय हितको रक्षा गर्न सक्छ र स्वाभिमानलाई माथि उठाउन सक्छ । महिला शक्तिकरण,बालबालिका, शिक्षा, स्वास्थ्य क्षेत्रमा हेर्न सक्ने बलियो स्थिर सरकारको आवश्यक छ ।” उहाँले भन्नुभयो ।

नेकपा एमालले सामाजिक, महिला, जेष्ठ नागरिक, युवा लगाएतको क्षेत्रमा काम गरेको उहाँले बताउनुभयो । एमालले छोटो समयमा ठुला योजनाको काम गर्न सफल भएको अध्यक्ष ओलीको भनाइ छ । “एमालले छोटो समयमा ठुला काम सम्पन्न गर्छ भन्ने उदारण मदनभण्डारी राजमार्ग हो । सिन्धुली, उदयपुर र मकानपुरको विकासका लागि मदनभण्डारी राजमार्गले खेलेको भूमिका तपाइ हामी सबैले बुझेका छौँ । राजमार्गले यी जिल्लालाई आधुनिकरण, औद्योगिकरण र व्यवसायीकरण गर्न सहयोग गरेको छ ।” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले मंसिर चार गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरेर अत्याधिक बहुमतले जिताउन आग्रह गर्नुभयो । साथै उहाँले जनताको सरकार, विकास प्रेमी सरकार, बलियो सरकार गठन गर्ने काममा योग्दान गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गर्नुभयो ।

Hot Topics

Related Articles