सिन्धुली- सिन्धुलीमा आइसोलेसन भवन प्रयोग विहिन बनेको छ । कोरोना संक्रमितको उपचारका लागि बनाइएको ५० वेडको आइसोलेसन भवन प्रयोग विहिन बनेको हो ।
०७७ असोजमा प्रदेश सरकारको ९७ लाख, जिल्लाका ९ वटा स्थानीय तहबाट ५० लाख र स्थानियको सहयोग गरी करिव २ करोड ५० लाख रुपैया लागतमा भवन निर्माण गरिएको थियो । कोरोना संक्रमितको उपचारका लागि बनाइको आइसोलेसन भवन पाँच महिना देखि प्रयोग विहिन भएको स्थानियले बताएका छन् ।
भवन भित्रका विभिन्न उपकरणहरु प्रयोग नगरिएको कारण खिया लाग्न थालेको सिन्धुली अस्पतालका एक चिकित्सकले बताएका छन् । “विभिन्न मेसिनहरु प्रयोग नगरिएकाले खिया लाग्न थालेको छ। लाखौ लागतमा ल्याएका उपकरण विग्रन थालेको छ ।” उहाँले भन्नुभयो ।