सिन्धुली – सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको हो ।
लैगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको जनाएको छ । आइतबार कमलामाई नगरपालिका ६ खम्बेचौरमा समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुली तथा सामुदायिक विकास कार्यक्रम सिन्धुलीको आयोजनामा लैंगिक हिंसा न्यूनिकरणका लागि विभिन्न सचेतामूलक पर्चा, पम्पलेट नागरिकलाई वितरण गरिएको छ ।
विभिन्न स्थानमाबाट सिन्धुलीमाढी आएका साथै स्थानियलाई पर्चा, पम्पलेट वितरण गरेको प्रहरीले जनाएको छ । हिंसा सहेर र हेरेर नबसौँ, बेलैमाप्रहरीमा उजुरी गरौँ । भन्ने नारा सहित प्रहरीले विभिन्न सचेतनमूलक कार्यक्रम आयोजना गरिरहेको छ ।